सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचनमा सहज तालमेल हुने बताएका छन् । सहज तालमेल हुँदा कांग्रेसपछि दोस्रो ठूलो दल माओवादी हुने प्रचण्डले दाबी गरे । कांग्रेस नेताहरूसँग यस विषयमा छलफल गरिसकेको भन्दै उनले कांग्रेसले सहयोग नगरे सहकार्य हुन नसक्ने बताए । शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले संघ र प्रदेशको निर्वाचनमा स्थानीय तहको निर्वाचनमा जस्तो ‘गडबड’ हुन नदिने बताए । संघ र प्रदेशको निर्वाचनमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने बताए । स्थानीय तहमा गठबन्धनबीच तालमेल जटिल रहेको भन्दै यसपटक टिकट वितरणमा समस्या आउन नदिने बताए ।