विश्वप्रकाश भन्छन्– एसपीपीको ‘च्याप्टर क्लोज’ 

शनिबार, साउन १४, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्टेट पाटर्नरसिप प्रोग्राम एसपीपीको ‘च्याप्टर क्लोज’ भएको बताएका छन् । शनिबार बिहान ट्विट गर्दै उनले ‘एसपीपीमा सहभागी नहुने’ पत्र सरकारले अमेरिकालाई पठाएपछि यो विषय टुंगिएको उल्लेख गरेका छन् । “‘एसपीपीमा सहभागी नहुने’ पत्र सरकारले अमेरिकालाई पठाएपछि यो ‘च्याप्टर क्लोज’ त भयो, तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौँ,” उनले लेखेका छन् । 

परराष्ट्र सम्बन्धमा देललाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । “हामी पहिला गल्ती गर्छौँ । पछि आत्मालोचना अनि फेरि गल्ती दोहोर्‍याउँछौँ  ट्विटमा उनले थप लेखेका छन्, “नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ । भू–राजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ ।”    Capture1659174197.PNG

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार