१५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

शनिबार, साउन १४, २०७९

किभ, । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् ।दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ । आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो । मध्यरातपछि आगो निभाइएको थियो । आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो । भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकोले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीले भने ।  
 

 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार