सर्लाहीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

शुक्रबार, साउन १३, २०७९

सर्लाही, । सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मिनिया टोल बस्ने महेन्द्र साहको छोरा अन्दाजी २६ वर्षीय मुकेश साह रहेका छन् ।शुक्रबार बिहान सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको ट्रिफर गाडीले बिपरित दिशाबाट जादै गरेको ना२१प ७४०१ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ रौतहट निवासी मोटरसाइकल चालक साहको घटना स्थलमै मृत्यु भएको हो ।साहलाई ठक्कर दिने टिफर र टिफर चालक ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार