एमालेको नेतृत्वमा देश विकास सम्भव  :  महासचिव पोख्रेल

शुक्रबार, साउन १३, २०७९

दमौली । नेकपा  एमालेका महासचिव शङ्कर पोख्रेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका  छन्  । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोख्रेलले उक्त कुरा बताएका   हुन्   ।   ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोख्रेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोख्रेलले दाबी गरे  ।  विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोख्रेलले बताए  । “प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ”, पोख्रेलले भने  ।  

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार