नेपालले एसपीपीमा सहभागी नहुने अमेरिकालाई पत्र पठाइसक्यो : परराष्ट्रमन्त्री खड्का 

शुक्रबार, साउन १३, २०७९

काठमाडौं,   । परराष्ट्र मन्त्री डा नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी दिएका हुन् । 

‘साउन ९ गते तदनुसार २५ जुलाई २०२२ दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहान्छु,’ मन्त्री खड्काले संसद बैठकमा भने । सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्रहितविरीत कुनै पनि सन्धि सम्झौता नहुने उनको प्रतिबद्धता छ ।   
 295058300_476810471111848_6995149866924968128_n.jpg1659079615.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार