राष्ट्रियसभाबाट दुई विधेयक पारित

बिहीबार, साउन १२, २०७९

काठमाडौँ,  । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।राष्ट्रियसभाको आज बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद्  पहिलो संशोधन विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी  पहिलो संशोधन विधेयक, २०७५’ पारित गरेको हो । उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल इञ्जीनियररिङ परिषद् पहिलो संशोधन विधेयक, २०७६ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकसम्बन्धी  पहिलो संशोधन विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गरेकी  थिइन्  ।   

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार