जनार्दन शर्मामाथि छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने

बुधबार, साउन ११, २०७९

काठमाडौं ।  बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले प्रतिबेदनमा समान धारणा आउने दाबी गरे । तर छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उनको भनाइ छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार