लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ : शेखर कोइराला

बुधबार, साउन ११, २०७९

पर्सा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न  स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन् ।  नेपाल प्रेस युनियन पर्साद्वारा  आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले नेकपा (माओवादी केन्द्र) ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न हुँदैन भने । उनले भने, “सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ । ”
 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार