विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली

बुधबार, साउन ११, २०७९

भक्तपुर । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा  अभिभावक दिवसको अवसरमा आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माणमा  तथा जडान नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थी सफल भएका छन् । कलेजबाट दिक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्यनरत विधार्थीहरू राजु श्रेष्ठ, विवेककुमार गणेश तथा अन्य शैक्षिक सस्थामा आबद्ध विधार्थीहरु सेवन्त केसी र विजय श्रेष्ठले यो सफलता हासिल गरेका हुन् ।

सम्बन्धित विधार्थीहरूले दिएको जानकारी अनुसार उक्त सिस्टमले रेडियो फ्रिक्वेन्सीमा काम गर्ने तथा एउटै रिमोटले एक मन्चमा जडित दुई पर्दासहित दुई पर्दाको मध्य भागमा जडित प्रोजेक्टरलाई नियन्त्रण गर्ने छन् । रिमोटको विभिन्न तिन बटनले दुई पर्दा र एक प्रोजेक्टरलाई खोल्ने र बन्द गर्ने पनि विद्यार्थीले जनाएका छन् । 

४८ फिट लम्बाई रहेको उक्त पर्दा तथा प्रोजेक्टर पर्दालाई एउटै रिमोटले बढीमा ७० मिटर टाढासम्म संचालन गर्न सकिने जनाइएको छ । उक्त सिस्टमलाई महाविद्यालयका शिक्षक तथा सैनिक अधिकृतहरुले पनि चलाएका छन् ।  

विभिन्न प्रोजेक्टमा प्रोटोटाइप बनाएर कलेजमा आफ्नो कला प्रदर्शन गरिसकेकाे यस नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू अब पूर्ण सिस्टम बनाउन पनि आफू सक्षम रहेको कुरा कामले प्रमाणित गरिदिएका छन् । साथै कुनै पनि संघसंस्थालाई उक्त सिस्टम चाहिएको खण्डमा पनि उपलब्ध गराउन सकिने जानकारी विद्यार्थीबाट पाइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार