एकान्तकुनामा रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

बुधबार, साउन ११, २०७९

ललितपुर । ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । एकान्तकुना स्थित सुजुकी ट्रायल सेन्टर अगाडी सडकको छेउमा रोकी राखेको बा३ख ५७७ नम्बरको मिनि टिपरमा बाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल गएराती ९ बजे ठोक्किएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो बस्ने अन्दाजी २३ बर्षीय ठगिन्द्र राई र पछाडी सवार लललितपुरकै महालक्ष्मी नगरपालिका– १४ रानीबु बस्ने अन्दाजी ३५ बर्षीय सुरज अधिकारी घाइते भएका थिए । 

दुवै घाइतेलाई उपचारको लागी जावलाखेल स्थित अल्का अस्पताल पठाइएकोमा उपचारको क्रममा ठगिन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुवै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार