दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ६ जना गम्भीर घाइते

बुधबार, साउन ११, २०७९

नवलपरासी । नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६जनाको को अवस्था भने गम्भीर रहेको छ । 

कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख  डिएसपी सन्तोष पाठकले जनाकारी दिए । उनका अनुसार बसमा ३१ जना जना सवार थिए ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार