सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको थियो । चैत ३० गते बस्ने भनिएको बैठक आगामी वैशाख ५ गते दिउँसो २ बजे तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । चितवनको रत्ननगरमा आज ७५ वर्षको उमेरमा पौडेलको निधन भएको हो । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका छन् । सभापति देउवाले आजै कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गणेश ढकालको निधनप्रति पनि दुःख व्यक्त गरेको छन् । ढकालको पाँचथरको रविमास्थित निजी निवासमा ७५ वर्षको उमेरमा निधन भएको हो । स्व ढकालले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।