नेपाल प्रेस युनियनको महाधिवेशन सम्पन्न, लम्साल नेतृत्वको प्यानललाई बहुमत

शिव लम्सालको ७ सय ४५ मत , अनिता विन्दुको ६ सय १२ मत
मंगलबार, साउन १०, २०७९

 काठमाडौँ  । हेटौडामा साउन ६ र ७ गते सम्पन्न नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ८ वर्षपछि सम्पन्न भएको महाधिवेशनले कार्यसमितिको अध्यक्ष पदमा शिव लम्साल ७ सय ४५ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी  अनिता विन्दुले ६ सय १२ मत प्राप्त गरिन् । अर्का अध्यक्षका उम्मेदवार भुवन भट्टले १९ मत ल्याएका थिए  । वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले ६८५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सरोज अधिकारीले ६ सय ६५ मत प्राप्त गरे ।यसैगरी खुला दुई उपाध्यक्षमा नकुल अर्यालले ७ सय ७५ मत प्राप्त गरे भने भीष्मराज ओझा ६ सय ४० मत प्राप्त गरी विजयी भए । उनीहरुका निकटम प्रतिद्वन्द्वी राममणि दाहालले ५ सय ९५ र शेखर रेग्मीले ३ सय ९५ मत पाए । महिलाउपाध्यक्षमा सलोजा दाहाल ७ सय २० मत ल्याएर निर्वाचित भइन । उनका निकटम प्रतिद्वन्द्वी कल्पना शर्माले ६ सय १९ मत पाइन् ।  295758010_3249380335299251_3941038886140394484_n-750x5631658839215.jpg

समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका थिए भने प्रदेश १ को उपाध्यक्षमा डिल्लीराम खतिवडाले ५ सय ६० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वीहरु हेमराज दाहालले ४ सय २९ मत र लबदेव ढुंगानाले २ सय ९० मत प्राप्त गरे ।मधेश प्रदेशबाट उपाध्यक्षमा अनिल कर्ण ६ सय ४८ मत प्राप्त गरी विजयी भए । अर्का उम्मेदवार रोशनकुमार न्यौपानेले ६ सय २३ मत प्राप्त गरे । यस्तै बागमित प्रदेशको उपाध्यक्षमा डा। मुरारी अधिकारीले ६ सय ७१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी गिरिजाप्रसाद अधिकारीले ६ सय ४७ मत मात्र प्राप्त गरे  ।

गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल ६ सय ७३ मत प्राप्त गरी विजयी भए । अर्का उम्मेदवार ओमकार आचार्यले ६ सय १ मत प्राप्त गरे । यस्तै लुम्बिनी उपाध्यक्षमा माधवप्रसाद अर्याल ७ सय १ मतसहित निर्वाचित भए भने उनको निकटम प्रतिद्वन्द्वी जनार्दन घिमिरेले ५ सय ८२ मत प्राप्त गरे । कर्णाली उपाध्यक्षमा राजेन्द्रबहादुर कार्की ६६९मत सहित विजयी भए भने अर्का उम्मेदवार भानुभक्त खड्काले ५ सय ९९ मत प्राप्त गरे । 

सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम चुनारा ५ सय ५२ मतसहित विजयी भए । मुकुन्दप्रसाद भण्डारीले ५ सय ४१ मत प्राप्त गरे भने मीनबहादुर बमले १८९ मत प्राप्त गरे । उपत्यका उपाध्यक्षमा जीवन भण्डारीले ८ सय ४२ मत प्राप्त गरी विजयी भए भने अर्का उम्मेदवार निरज खतिवडाले ४ सय ६२ मत प्राप्त गरे । महासचिवमा दिलिप पौडेलले ८ सय ७८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी जगन्नाथ दुलालले ४ सय ५१ मत मात्र प्राप्त गरे । उपमहासचिवमा कमल पन्त ५ सय ७७ मतसहित विजयी भए । युवराज गौतमले ७ सय ३७ मत र रविन्द्र सुवेदी ५ सय ५८ मतसहित विजयी भए । पराजित उम्मेदवार केशव सावदले ५ सय ५६, विष्णु खड्काले ४ सय ९४ र सन्तोष रेग्मीले ५ सय ४४ मत प्राप्त गरेका थिए ।   295525872_169049412320697_7253430491818283942_n-750x6881658839315.jpg
महिला उपमहासचिवमा सुलोचना गौतमले ६ सय ९० मत र दिलिपाश्री अधिकारीले ६ सय ८१ मत प्राप्त गरी विजयी भइन् । उनीहरुका निकटम प्रतिद्वन्द्वी जानुका बरालले ६ सय ८१ मत र कुसुम विक ९सेञ्चुरी० ले ५ सय ९ मत पाएकी थिइन । समावेशी उपमहासचिवमा अभयकुमार राईले ७ सय १३ मत प्राप्त गरेका थिए भने पराजित पवन श्रेष्ठले ५ सय २९ मत प्राप्त गरे ।खुला सचिवमा केदारप्रसाद दाहाल ६७७०, खगेन्द्र भण्डारी  ६४८०, तीर्थराज बस्नेत ५८००, भुवन शर्मा  ६३७० मत प्राप्त गरी विजयी भए । उनीहरुका प्रतिद्वन्द्वी खगेन्द्रप्रसाद घिमिरे  ४५७०, गुरुप्रसाद गौतम  ५७१०, लोकेन्द्र भट्ट ५५७० विजयी रेग्मी  ५२६० मत प्राप्त गरेका थिए । सचिव महिलामा मेनुका ढुंगाना  ८०१०, रेजिना गौतम  ६३९० र पुष्पा शर्माले  ६४४० मत प्राप्त गरी विजयी भइन्  । पराजित रोजी ढकाल पराजुलीले  ६३३०, माला पालुङ्वा लिम्बु  ६०२० मत प्राप्त गरेका थिए । आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तनले ७ सय ४२ मत प्राप्त गरी विजयी भए भने पराजित सुशील थकालीले ५ सय ५ मत प्राप्त गरे । मधेश सचिवमा अजीत तिवारीले ६ सय ५४ मत प्राप्त गरी विजयी भए भने पराजित ओमप्रकाश साहले ५ सय ८६ मत प्राप्त गरे । दलित सचिवमा राजन रुचाल  ६४४० मत प्राप्त गरी विजयी भए भने पराजित सन्ताष गन्धर्वले 
 ६३१० मत प्राप्त गरे । पिछडिएको सचिव पदमा एलपी देवकोटाले ६ सय ६२ मत प्राप्त गरी विजयी भए । पराजित दयाराम पण्डितले ६ सय ३३ मत प्राप्त गरेका थिए । थारु सचिव पदमा सहदेव चौधरी  थारु , अनलाइन माध्यम सचिवमा छायाचन्द्र भण्डारी र टेलिभिजन माध्यम सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका थिए । 

खस आर्य सचिवमा युवराज रेग्मीले ६ सय ३४ मत प्राप्त गरी विजयी भए भने पराजित टेकराज जोशीले ६ सय २८ मत प्राप्त गरेका थिए । यस्तै रेडियो माध्यम सचिवमा नरहरि सापकोटा ७ सय ३४ मत प्राप्त गरी विजयी भए । उनको प्रतिद्वन्द्वी डम्बरबहादुर बमले ५ सय ३३ मत प्राप्त गरेका थिए । छापामाध्यम सचिवमा राधा खनाल ७ सय ३० मत प्राप्त गरी निर्वाचित भए भने पराजित श्यामप्रसाद खतिवडाले ५ सय ४६ मत प्राप्त गरे । 
कोषाध्यक्ष पदमा माधव धिताल ६ सय ७४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी रमेश वाग्लेले ६ सय ४६ मत प्राप्त गरेका थिए । युनियनमा ७ प्रदेशबाट ७ जना उपाध्यक्षको व्यवस्था छ । तर मत भने देशभरका प्रतिनिधिले हाल्न पाउने प्रावधान छ ।    295971534_455121249539793_6635946278802280940_n1658839361.jpg प्रेस युनियनको ९ औ महाधिवेशनबाट केन्द्रिय सदस्यमा  शब्दपाटी डटकमको   सम्पादक   तथा ललितपुर महानगर पालिकाको  प्रेस  संयोजक रमा लुइँटेल निर्बिरोध  निर्वाचित  भइन् । 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार