सरकार गठन सहमतिबाटै : प्रचण्ड

आइतबार, चैत २९, २०७७

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाटै हुने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आज यहाँ पत्रकारसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए ।  संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, ‘जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।’  प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको पनि औंल्याए । उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिएका छन् । उनले भने, ‘कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ ।’
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार