देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक

आइतबार, चैत २९, २०७७

काठमाडौं । सत्ता समीकरणको कसरत गरिरहेको कांग्रेसले पदाधिकारी बैठक डाकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक आइतबार अपराह्नका  लागि डाकेका हुन् । पदाधिकारी बैठक पार्टी मुख्यालय सानेपामा बस्नेछ ।  महाधिवेशनको तयारीका बारेमा छलफल गर्नका लागि सभापति देउवाले पदाधिकारीको बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  कांग्रेसको १४ औँ महाधिवेशन २०७८ भदौ दोस्रो साता गर्ने निर्णय भएको छ । कांग्रेसले महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण लगायतका काम भइरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार