तीन दल आआफ्नौ स्वार्थका कारण नमिल्ने दाबी 

गण्डकी प्रदेशका मुख्यमन्त्री भन्छन्, ‘यो घाम र जुन मिल्नु जस्तै हो’ 
शुक्रबार, चैत २७, २०७७

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले आज बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताएका हुन् । वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।’ उनले गण्डकी प्रदेश सरकार पनि बलियो रहेको दाबी गरे ।  मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरको जिकिर गरेका छन् । उनले भने, ‘समृद्धिका लागि जग बसालेका छांैँ । थप नतिजा छिट्टै देखिन्छ ।’  ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनको भनाइ छ । मुख्यमन्त्री गुरुङले भने, ‘३५ अर्बमध्ये २० अर्ब भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले खर्च गर्दै बढीभन्दा बढी प्राथमिकतामा दिँदै आइरहेको छ । गण्डकी प्रदेशमा पाँच लाख ७८ हजार घरधुरी रहेकामा यसै वर्षभित्र विद्युत् नपुगेका घरधुरीमा विद्युत् पु¥याउँछौँ । अर्को वर्ष आधारभूत खानेपानी नपुगेका सबै घरधुरीमा एक घर एक धारा पुग्छ ।’

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  २२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार