सोसल मिडिया
Contact Us
युनिकोड
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङ पनि विभाजित भएको छ । एमालेको नेपाल–खनाल समूहले आज चन्द्रवीर राईको अध्यक्षतामा ३२५ सदस्यीय मोरङ जिल्ला कमिटी र पा?ल क्षेत्रको अध्यक्षमा १७५ सदस्यीय विराटनगर महानगर कमिटी पुनर्गठन गरेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसहित एमालेका चारजना नेतालाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेपछि एमाले भित्र समानान्तर कमिटी गठन गर्ने क्रम बढीरहेको छ । यसैबीच विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेला पार्टी एवं पुनर्गठन कार्यक्रममा एमाले नेता नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने जिकिर गरेका छन् । उनले वर्तमान पार्टी नेतृत्वले आफूखुशी कमिटी गठन, बैठक र विस्तार गर्ने गरेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री नेपालले नेतृत्वका कारण कार्यकर्ताह?को मनोबल खस्केको आरोप लगाउँदै कम्युनिष्ट आन्दोलन जोगाउन पार्टी जिल्ला अभियानको दौडाहामा लागेको जानकारी दिए। उनले पार्टीका ६५ जिल्लामा कमिटी पुनर्गठन भइसकेको जानकारी दिँदै चाँडै ३२ भ्रातृ सङ्गठनको राष्ट्रिय भेलाको आयोजना गरी जनताको पार्टीप्रतिको आशा एवं विश्वास जगाउने कार्य भइरहेको बताए । कार्यक्रममा युवा नेता जगन्नाथ खतिवडा, जीवन घिमिरे, धनेन्द्र बस्नेत, डा.देउमान सम्वाहाम्फे र महेश रेग्मीलगायतले पार्टी विधि, विधान र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए ।