ज्ञानेन्द्र शाहको परिवार अन्तर्राष्ट्रिय शक्तिसंग नजिक हुनुपर्छ 

एसपीपीबारे मौन बस्दा नै भलाइ
मंगलबार, असार २८, २०७९

तत्कालीन राजा ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरूको आँखाको तारो र बाधक बन्नु हुँदैन नजिक हुनुपर्छ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवार मात्र उदारवादी र देशभक्त भएर संभव छैन ।

पूर्वराजा ज्ञानेन्द्र शाह परिवार एसपिपि सम्झौता बारे पनि चुपचाप र मौन नै रहनुपर्छ । तत्कालीन श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाह एमसीसी सम्झौता हुँदाको बखत चुपचाप र मौन बसे जस्तै एसपिपि सम्झौता बारे पनि चुपचाप र मौन नै रहनुपर्छ । 
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानी शाहले अन्तर्राष्ट्रिय शक्तिहरू, अन्तर्राष्ट्रिय नेताहरू, एमसीसी र एसपिपि सम्झौताको कदापि विरोध गर्नु हुँदैन । अब राजसंस्था र पूर्वराजा ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरु र अन्तर्राष्ट्रिय नेताहरुको आँखाको तारो र बाधक बन्नु हुँदैन नजिक हुनुपर्छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह परिवार आजसम्म उदारवादी र देशभक्त भएर के उपलब्धि हासिल भयो ? हाम्रो मुलुकलाई गुलाम हुनबाट जोगाउने राजसंस्था थियो । तर जनताहरुले राजसंस्थाको महत्वलाई विगतमा पनि कदापि बुझेनन र अझै पनि बुझ्न सकेका छैनन । नब्बे प्रतिशत जनता अवसरवादी, स्वार्थी र दहीचिउरे छन् ।

मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनता हुन् । मुलुकको हितमा राजसंस्था थियोे । नब्बे प्रतिशत जनताहरुलाई राष्ट्रियतासंग सरोकार नै छैन । मुलुकमा जेसुकै होस देखाजाला भन्ने छ । मुलुकका जनता नै राष्ट्रघाती छन् । मुलुकमा विकृति, बेथिति, अराजकता, अस्थिरता र द्वन्द्वको वास्तविक जड नै जनता हुन् ।
मुलुकमा दलीय व्यवस्था, दलीय नेताहरू र दलीय सांसदहरू असफल भएका छन् । हाम्रो मुलुकमा अहिलेका सांसद, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र के. पी. शर्मा ओलीलगायतका नेताहरू मुलुक हाक्न योग्य र लायकको छैनन । सांसदहरू र नेताहरूमा सत्ता चलाउन, मुलुक हाक्न सामर्थ्य छैन । सांसदहरू र नेताहरूले मुलुकलाई निकास दिन कदापि सक्दैनन् । पटकपटक असफल र असक्षम भएका छन् । नेपालमा दीगो, छिटोछरितो विकास गर्न र मुलुक हाक्न अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू नै चाहिन्छ । मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन् ।

अब पूर्वराजा ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरूसँग सदाका लागि नजिक हुनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त र उदारवादी भएर कदापि संभव छैन । मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन्।

नेपाललाई गुलाम हुनबाट जोगाउने एकमात्र राजसंस्था थियो । तर जनताहरुले राजसंस्थाको महत्त्वलाई विगतमा पनि बुझेनन र हालको वर्तमान समयमा पनि राजसंस्थाको महत्त्वलाई बुझ्न सकेनन र अझै पनि जनताहरुले राजसंस्थाको विरोध गर्छन । 
हाम्रो मुलुकको इतिहासको घटनाक्रमले मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन देखापर्न आएको छ । यसकारण अब मुलुकमा मुलुक हाक्न र मुलुकको विकास गर्न अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू चाहिन्छ । यसकारण अब पूर्वराजा ज्ञानेन्द्र शाह परिवारले अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरूसंग सदाका लागि सम्बन्ध कायम राख्नुपर्ने देखिन्छ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त र उदारवादी भएर कदापि संभव छैन ।

स्वर्गीय त्रिभुवन शाह, स्वर्गीय पृथ्वीनारायण शाह, स्वर्गीय महेन्द्र शाह र स्वर्गीय बिरेन्द्र शाहको निर्जीव शालिक जताततै ढाल्ने यिनै जनताहरु हुन् । इतिहासलाई कुनै पनि मुलुकमा मेटाउदैनन् । हाम्रो मुलुक नेपालमा निर्जीव शालिकहरुलाई हटाएर जनताले इतिहासलाई मेटाउने काम गरेका छन् । निर्जीव शालिकले कसको के बिगारेको थियो र ? यसकारण मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन । यसकारण अब राजा ज्ञानेन्द्र शाह परिवारले अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू संग सदाका लागि घनिष्ट सुमधुर सम्बन्ध कायम राख्नुपर्ने हुन्छ ।
-स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले शब्दपाटीलाई पठाएको विचारको सम्पादित अंश । राकेश कुमार शर्माको विचारलाई शब्दपाटीले स्थान दिएर प्रकाशित गरेपनि यहाँ व्यक्त भनाइ/विचारहरु लेखकका निजी विषय हुन् । शब्दपाटी उनको विचार/भनाइमा सहमत हुनुपर्छ भन्ने हुँदैन ।–सम्पादक 
 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार