कस्तो छ सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओको आजको भ्रमण तालिका

बिहान बीपी संग्रालयमा, साँझ प्रचण्डसँग सोल्टी होटलमा डिनर
सोमबार, असार २७, २०७९

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन । चार दिने भ्रमणमा आइतवार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटे पछि उनी स्वदेश फर्कनेछन । आइतवार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार