सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमाथि पछिल्ला दिनमा उठाइएका विविध प्रश्नहरूका विषयमा छलफल भएको छ । प्रधान न्यायाधीश डा। मनोजकुमार शर्मासहित न्यायाधीशहरूको सो बैठकमा आज ती समसामयिक विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिए । प्रधान न्यायाधीश डा. शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडिएर विभिन्न सञ्चार माध्यमा प्रकाशित भएका विषय भ्रामक भएको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए ।