माधव नेपालमाथि खनिए घनश्याम भुसाल

सोमबार, असार २७, २०७९

काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् । नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप भुसालको छ । भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’ नेपालले कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्ने भुसालले बताएका छन् ।
‘ओली (केपी शर्मा ओली) ले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा नेपाल पनि अगाडि रहेको तर, त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ,’ उनले लेखेका छन् ।

‘प्रायश्चित गर्नुपर्नेछ’

भुषालले माधव नेपालले १० बुदेँ सहमति लत्याएर ठुलो गल्ति गरेको भन्दै भविश्यमा प्रायश्चत गर्नु पर्नेमा पनि जोड दिएएका छन । ‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले बिभाजन भएको उल्लेख गर्दै उनले २० प्रतिशतमा पार्टी बिभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने पनि उनको जिकिर छ । 
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार