नागरिकता वितरणको बाधा हटाउन विधेयक फिर्ता लिएको, अर्काे विधेयक आजै तयार हुन्छ : गृहमन्त्री 

शुक्रबार, असार २४, २०७९

काठमाडौं ।   गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् ।उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उनले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताएका हुन् । साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्काे नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उनले सरकार कोही पनि नागरिक नागरिकताबाट बन्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार