इन्डोनेसिया र इस्ट टिमोरमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १५० नाध्यो 

मंगलबार, चैत २४, २०७७

जाकार्ता । इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५० भन्दा बढी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बाढी र पहिरोको कारण अझै दर्जनौं व्यक्ति हराइरहेका छन् ।   बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका  थिए ।  यो प्रकोपबाट इन्डोनेसियामा १३० र  इस्ट टिमोर २७ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।  इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले मङ्गलबार जानकारी दिएका छन् । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ  ।  वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ । गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी गत सेप्टेम्बरमा बोर्नेओ सहरमा आएको पहिरोमा परी ११ व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियाको अनुमानित जनसंख्या १२ करोड ५० लाख रहेको  छ ।  देशको आधा जनसंख्या पहिरोको जोखिममा रहेका क्षेत्रमा बस्ने गरेका छन् ।–एएफपी
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार