खानेपानी तथा सरसफाइ विधेयक पारित 

बिहीबार, असार २३, २०७९

काठमाडौं  । प्रतिनिधिसभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । 

उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा सांसद खेमप्रसाद लोहनीले गणपुरक संख्या नरहेको भन्दै सभामुखको ध्यानाकर्ष गराए । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपुरक संख्याका लागि ७९ जना सांसदको उपस्थिति रहनुपर्ने भए पनि ८३ जना सहभागी रहेपछि उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । 
 

 


 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार