प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट सराेज अधिकारी बलिया उम्मेदवार

बिहीबार, असार २३, २०७९

 काठमाडौं । नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट सरोज अधिकारी अध्यक्षको उमेदवार हुने पक्का भएको छ ।संस्थापन पक्षका पदाधिकारी सहितका शिर्ष नेतृत्व वर्तमान कमर्यसमितिका कोषाध्यक्ष अधिकारीलाई उमेदवार बनाउन सकारात्मक देखिएका छन् ।हिमालय टाइम्स, रेडियो नेपाल, इमेज टेलिभजन, केही साप्ताहिकमा काम गरिसकेका  व्यवसायिक र क्षमतावान पत्रकार भएकाले उनको नेतृत्वमा जाँदा चुनाव जित्न सहज हुने निष्कर्षमा संस्थापन समूह पुगेको यो समूहका एक पदाधिकारीले बताए ।

श्रमजीवी पत्रकारका पक्षमा खरो गरि उत्रँदै आएका  अधिकारी प्रेस युनियनमा संगठकका रूपमा समेत चिनिन्छन  । अध्यक्षको तयारीमा रहेका  अधिकारी देशका सबैजसो जिल्लामा संगठन निर्माणका क्रममा पुगीसेका  छन्  ।केन्द्रीय सदस्य, कोषाध्यक्ष रहँदा एक दशक भन्दा बढि समयदेखि निरन्तर प्रेस युनियनमा सशक्त भूमिका निर्वाह गर्दै आएका   अधिकारीको पक्षमा चुनाव नजिकिएसँगे बलियो माहोल देखिन्छ । केन्द्रीय पार्षद र केही जिल्ला अध्यक्षहरूले अधिकारीले उमेदवारी घोषणा नगर्दै उनको प्रचार शुरू गरिसकेका छन् । साउन ६ र ७ गते युनियनको महाधिवेशन हेटौंडामा हुँदैछ ।  

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार