छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ :  जनार्दन शर्मा

बुधबार, असार २२, २०७९

काठमाडौँ ।  जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताएका  छन्  । संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्र्रिया दिँदै उनले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत प्रष्ट्याए  । “मैले बजेट निर्माणमा कुनै पनि गल्ती गरेको छैन, स्थापित मूल्य, विधि र पद्दतिका आधारमा बजेट निर्माण भएको छ”, उनले भने , “जुन किसिमले विषय उठेको छ, त्यसले आम जनातामा भ्रम परेको छ, सत्यतथ्य छानबिनबाट त्यो भ्रम निवारण हुनेछ भन्ने विश्वास छ ।”

आज प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नमा छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै सदनमा सम्बोधन गर्दै शर्माले राजीनामा दिएको घोषणा गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार