माओवादी केन्द्रको बैठक सर्‍याे  

बुधबार, असार २२, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार