बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्रोत हुन् :  सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

बुधबार, असार २२, २०७९

लण्डन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने बताएका छन् । मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेको १०औँ स्थापना दिवसको अवसर शुभकामना दिने क्रममा यस्तो बताएका हुन् । 

उनले बेलायतमा बसेर नेपाली समुदायका गतिविधिलाई आमसञ्चारका माध्यमाबाट मातृभूमिसँग जोड्ने पुलको रुपमा पत्रकारले खेलेको भूमिकाको प्रशंसा गरे ।   

विदेशमा व्यस्त समयको समेत परवाह नगरी नेपाली भाषा, संस्कृति र सभ्यातालाई पत्रकारितामार्फत विश्वसमुदाय समक्ष जीवन्त राख्ने योगदान सकरात्मक भएको उल्लेख गरे । नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १०औं वार्षिकोत्सव आइतबार लण्डनमा आयोजना गर्दैछ । 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार