सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा प्रारम्भिक छलफल भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले राससलाई जानकारी दिए । पार्टीले सो मस्यौदा र भ्रातृ एवं शुभेच्छुक संस्थाको बारेमा छलफल गर्न पार्टीका केन्द्रीय सदस्य रमेश लेखक, मीन विश्वकर्मा र पुष्पा भुसाललाई जिम्मेवारी दिएको छ । बैठकमा म्याद सकिएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यता पाऊँ भनी पार्टीमा दिएको निवेदनका बारेमा पनि छलफल भएको सहमहामन्त्री पाण्डेले बताए । “पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यताको बारेमा अब बस्ने केन्द्रीय समितिको बैठकमा कसरी छलफल गराउने भन्ने बारेमा पदाधिकारी बैठकमा छलफल भएको छ”, उनले भने । आगामी बैठक आगामी असार २६ गते आइतबार बस्ने छ ।
भातृ संस्थाका बारेमा छलफल
संघीय संसदको आगमी निर्वाचन र भातृ संस्थाका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ । आज देखि सुरु भएको पदाधिकारी बैठकमा मुख्यत भातृ तथा शुभेच्छक संस्थामा देखा परेका समस्या देखी मर्जसम्मका बिषयमा छलफल भएको हो । प्रवक्ता प्रकाश शरण महतले नयाँ भातृ तथा शुभेच्छक संस्थाका लागि निवेदन आएकाले सोही बिषयमा बैठक केन्द्रित भएको बताए । ‘भातृ संस्थाका लागि निवेदन आएका छन, केहीमा समस्यामा देखा परेका छ, त्यसलाई कसरी हल गर्ने भन्ने बिषयमा छलफल भएको छ’ प्रवक्ता महतले भने । उनका अनुसार बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भए पछि सो बैठक उपाध्यक्ष पुर्णबहादुर खडकाको सभापतित्वमा बसेको थियो । बैठकमा पुर्व पदाधिकारीसहित केही केन्द्रिय सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।