‘भ्रामक समाचार’ छाप्ने अनलाइनविरुद्ध गोल्डेन गेट र पाथीभरा सहकारीले दिए प्रेस काउन्सिलमा उजुरी (उजुरीसहित)

समाचारको सत्य तथ्य खोजी गरी समस्या छिनोफाने गर्ने काउन्सिल पदाधिकारीको आश्वासन 
आइतबार, असार १९, २०७९

ललितपुर । ललितपुरका दुई सहकारीले आफूविरुद्ध भ्रामक समाचार प्रकाशित गरेको भन्दै जनरक्षा साप्ताहिक (जनरक्षा डटकम) विरुद्ध प्रेस काउन्सिल नेपालमा आइतबार उजुरी दिएका छन् । पाथीभरा बचत तथा ऋण सहकारी तथा गोल्डेन गेट बहुउद्देश्यीय सहकारी संस्थाले आइतबार प्रेस काउन्सिलमा लिखित उजुरी दिएका हुन् । 
दुई सहकारीले अलग अलत रूपमा दिएको निवेदनलाई प्रेस काउन्सिलले दर्ता गरी आइतबार नै आवश्यक प्रक्रिया सुरु गरेको छ । 
पाथीभरा बचत तथा ऋण सहकारीले समाचारको सत्य तथ्य छानविन गरी भ्रामक समाचार छाप्ने अनलाइनमाथि आवश्यक कारबाहीको माग गर्दै दिएको निवेदनको  दर्ता नं ५४० रहेको छ । यस्तै गोल्डेन गेट वहुउद्देश्यीय सहकारी संस्थाले दिएको निवेदनको दर्ता नं ५४१ रहेको छ । 

pathivara1656860895.jpg
दुवै संस्थाले जनरक्षा साप्ताहिक (जनरक्षा डटकम)ले पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको कार्यवाहक अध्यक्ष अनुप न्यौपाने तथा गोल्डेन गेटका अध्यक्ष विजय श्रेष्ठसहित सञ्चालकहरुको नाम जोडेर अनर्गल, भ्रामक, तथ्यहिन समाचार प्रकाशित गरेको भन्दै यस्तो समाचार प्रकाशित गर्नु पत्रकार आचारसंहिता तथा पत्रकारिताको व्यवसायिक धर्म विपरीत भएको ठहर गर्दै उजुरी दिएको बताएका छन् । 

viber_image_2022-07-03_20-48-50-1871656860964.jpg
उक्त अनलाइन पत्रिकामाथि आवश्यक छानविन गरी प्रेस काउन्सिल नेपालको न्यायिक अधिकारसमेतको अधिकार प्रयोग गरी आवश्यक कारवाही गरी सत्य तथ्य विवरणसहितको समाचार प्रकाशित गर्नेलगायतका काम अघि बढाउने प्रयोजनका लागि यो निवेदन दिएका उल्लेख गरेका छन् ।  उक्त अनलाइनले समाचार प्रकाशित गरेपछि पाथिभरा बचत तथा ऋण सहकारी तथा गोल्डेन गेट बहुउद्देश्यीय  सहकारीको व्यवसायिक निष्ठा, सञ्चालकको मानसम्मान, सामाजिक प्रतिष्ठामा आँच पर्न गएको दुवै संस्थाको ठहर रहेको भन्दै उजुरी दिएको जनाएका छन् । 

 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार