भ्रामक समाचारप्रति सेयर सदस्यलाई सचेत रहन गोल्डेनगेट वहुउद्देश्यीय सहकारी संस्थाको आग्रह (विज्ञप्ति सहित) 

आइतबार, असार १९, २०७९

ललितपुर । ललितपुर सातदोबाटोमा मुख्य कार्यालय रहेको गोल्डेनगेट वहुउद्देश्यीय सहकारी संस्थाले केही दिनयता मिडियामा आएका समाचारमा कुनै सत्यता नभएको जानकारी दिँदै यस्ता भ्रामक समाचारको पछि नलाग्न सेयर सदस्यहरूलाई आग्रह गरेको छ ।
गोल्डेनगेट वहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक अध्यक्ष विजय श्रेष्ठले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै सेयर सदस्यहरूलाई यस्तो आग्रह गरेका हुन् ।  

Scan11656826342.jpg

Scan100011656826395.jpg

‘सहकारीको मूल्य मान्यता एवम् सिद्धान्तबाट कत्ति पनि विचलित नभइकन हामीले सेयर सदस्यहरुलाई सेवा दिइरहेको अवस्थामा एकाएक संस्थाका अध्यक्ष तथा सञ्चालकहरुको नाम जाडेर तथ्यहिन समाचार प्रकाशित हुँदा हाम्रो व्यवासयिक शाखमा आँच पुग्न गएको ठहर गरी सत्य तथ्य सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति प्रकाशित गरेका छौ’ अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार