इन्डोनेसियामा बाढी र पहिरोमा परी करीब ९० जनाको मृत्यु 

सोमबार, चैत २३, २०७७

जाकार्ता । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको सरकारी अधिकारीले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।   यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा ६६ र  इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमबार बिहान बताउनुभएको छ । इस्ट टिमोरको राजधानी दिल्लीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार