‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’

शुक्रबार, असार १७, २०७९

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले दूरसञ्चार पूर्वाधारमा दोहोरो खर्चले उपभोक्ता मारमा परेको बताएका छन् ।काठमाडौंमा शुक्रबार आयोजना गरिएको इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै स्थानमा सेवा दिँदा पनि आआफ्नै तार प्रयोग गर्दा खर्च बढेको र यसले उपभोक्ता मारमा परेको उनको धारणा छ । ‘एकै ठाउँमा दुई कम्पनीले तार टाँग्ने गरेका छन् । त्यो खर्च उपभोक्तासँग असुल गरिन्छ । यसले पनि इन्टरनेट महंगो भएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै स्थानमा सेवा दिँदा पहिलेकै कम्पनीको तार भाडा लिई प्रयोग गरे खर्च घट्ने र तार खरिदमा बाहिरिने रकम पनि जोगिनेछ,’ उनले बताए । सरकारले पूर्वाधार सेयरिङ गर्न नीति बनाइरहँदा पनि सेवाप्रदायकले सहयोग गर्नै नचाहेको सचिव अर्यालेको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार