ललितपुरका सबै विद्यालयमा मानवअधिकार पुस्तक पुर्‍याउने समन्वय समितिको योजना 

बिहीबार, असार १६, २०७९

ललितपुर । जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले ललितपुरमा मानव अधिकार रक्षाका लागि अनौपचारीक सेवा केन्द्र (इन्सेक) ले तयार पारेको पुस्तक प्रत्येक विद्यालयमा वितरण गरिने बताएका छन् । ललितपुरमा अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न उनले पुस्तक वितरणलाई अभियानकै रुपमा अघि बढाइने बताए ।  इन्सेक ललितपुरले आज आयोजना गरेको ‘जिल्लाको मानव अधिकार अवस्था’ विषयक कार्यक्रममा उनले यहाँका कुनै पनि सरकारी वा गैर सरकारी संस्था जसले मनोसामाजिक परामर्शको कार्यक्रम सञ्चालन गर्न सक्छ त्यसलाई सो कामको जिम्मेवारी समेत प्रदान गर्न ध्यान दिइने बताए । 
उपप्रमुख रामलाल थिङ्ले मानिसले मुलुकको उत्पति देखि मानिदै आएको संस्कार र संस्कृतिको वेवास्ता गर्दै गइरहेको कारण देखाउँदै वैदेशीक रोजगारीमा जानेको परिवारमा फाटो सिर्जना हुनु र मादक पदार्थ सेवनले हिंसा बढ्नु सोको उपज रहेको धारणा राखे । 

291293640_5221390757936981_1169755655804334171_n1656599354.jpg
महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक भारतीले किशोरकिशोरीमा सामाजिक सञ्चालको बढ्दो प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेका सुनाए । उनले भने, “मुलुकमा भित्रिएको कारोना महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण मोवाइलको प्रयोग गरी अध्ययन लगायत पठनपाठनको क्रियाकलाप गरिँदै जाँदा जबर्जस्ती करणी अर्थात बलात्कार, यौन दुव्र्यवहार, हिंसा तथा हत्या लगायतका अपराधका घटनामा बालबालिका मुछिएका देखिन्छन ।” 
सो स्थानमा मानव अधिकार रक्षाका लागि दुई देखि चार पाङग्रे सवारीसाधन प्रयोग गरी ठूलो आवाज बनाएर आवतजावत गर्ने व्यक्तिलाई समेत आफूहरुले कानुनी कारवाहीको दायरामा ल्याइरहेको उनको भनाइ छ ।  
जिल्ला न्यायाधीवक्ता सुशीला ज्ञवालीले ललितपुरमा बालीका पीडित हुनुको मुख्य कारण कानुनी शिक्षाको अभाव भएको गुनासो गरे । वागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले समाजमा अपराध न्यूनिकरण गर्न प्रहरी लगायत सम्बन्धीत निकाय मात्रै जागरुक नभएर व्यक्ति स्वयंम सचेत हुनुपर्ने धारणा राखे । गैर सरकारी महासंघ ललितपुरका अध्यक्ष नरेन्द्र डंगोलले ललितपुरको पनि कर्णाली मानिने दक्षिण ललितपुर क्षेत्रमा भने बलात्कारका घटना ज्यादा घटिरहेका बताउँदै के कारणले सो हुन पुग्यो ध्यान दिन अनुरोध गरे ।  
संस्थाका केन्द्रीय सदस्य टिकाराम दाहालले समाजबाट अपराध घटाउन नैतिक शिक्षा अघि बढाउन जरुरी रहेको सुझाव दिए ।  संस्थाका सचिव नन्दा ताम्राकारले समाजमा बढिरहेका अपराधका कारण सिर्जना भएको मानसिक स्वास्थ्यका समस्यामा सम्बन्धीत निकायले कहिल्यै सम्बोधन नगरेको दुखेसो गरे । इन्सेक ललितपुरका प्रतिनिधि दिपक घिमिरेले सो जिल्लामा अन्य घटनाका तुलनामा बढी बालिका बलत्कारको घटना दर्ता भएका जानकारी गराएका थिए । 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार