३ वटा लायन्स क्लबको सक्रियतामा लालिगुराँस हस्पिटलमा भोलि रक्तदान हुँदै

बिहीबार, असार १६, २०७९

ललितपुर । लायन्स क्लब इन्टरनेशन एसोसिएसन डिष्ट्रिक्क ३२५ इ का ३ वटा क्लबले लायन्स वर्ष २०२२–२०२३ सुरु हुने दिनको सन्दर्भ पारेर भोलि रक्तदान कार्यक्रम आयोजना गरेका छन् । लालिगुरास हस्पिटल चापागाउँ दोबाटोको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं डाइभर्सिटी, लायन्स क्लब अफ काठमाडौं पाथिभरा, लायन्स क्लब अफ काठमाडौं गोदावरीका लायन्य सदस्यहरुले सक्रिय सहभागिता जनाउने छन् ।  
जुलाई १ तारिखलाई लायन्स वर्ष LIONS DAY सुरुवात मान्ने गरिन्छ । विश्वका २०० भन्दा बढी देशमा फैलिएको सामाजिक संस्था लायन्स क्लबका पदाधिकारीले नयाँ कार्यससहित वर्ष शुभारम्भ गर्ने प्रचलन छ । सोही दिनकै सन्दर्भ पारेर कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौ पाथिभराका अध्यक्ष अनुप न्यौपानेले बताए । 'समाजमा सानो सहयोगको हातेमालो गर्न गइरहेका छौ, उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थित भइ कार्यक्रमको गरिमा बढाइदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौ'  शब्दपाटीसँग उनले भने । 
आफु र आफ्ना वरपरका सबैलाइ उपस्थित गराइ कार्यक्रम भब्य सफल पारिदिनुहुन हुन समेत लायन्स क्लबका पदापधकारीले अनुरोध गरेका छन् ।   विहान ८ बजे सुरु हुने रक्तदानसहित सहभागीहरुको रक्तसमूह परीक्षण, मधुमेह (डाइभेटिज) समेत परीक्षण गरिनेछ । 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार