अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टाे फर्नान्डेज कोभिडबाट सङ्क्रमित

आइतबार, चैत २२, २०७७

ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ । कोभिड–१९ को खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको जानकारी दिएका छन् । शुक्रबार ६२ वर्ष पुग्नु भएका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाएका छन् ।  राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाएका थिए । उनले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।  अर्जेन्टिनामा हाल कोभिड–१९ को दोस्रो लहर चलेको छ । कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ । अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस सङ्क्रमित भएका र ५५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।–एएफपी
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार