फिलिपिन्सले थप्यो लकडाउनको म्याद 

आइतबार, चैत २२, २०७७

मनिला । फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको छ ।  राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन लागु गर्ने निर्णय गरेका हुन् । राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । कोरोनभाइरसको महामारी थप फैलिँदै गएकाले त्यसलाई न्युनिकरण गर्ने उद्देश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरुको भनाइ छ । राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले टेलिभिजन मार्फत दिएको जानकारी अनुसार सरोकारवाला र विज्ञहरुले लकडाउन फेरि थप्न आवश्यक भएको निश्कर्ष निकाल्दै लकडाउनको अवधि थप्न सुझाव दिदै सिफारिस गरेकोले थप गरिएको हो ।  देशको लागुना, बुलाकान, काभित र रिजाल क्षेत्रमा लकडाउनको अवधि लम्बिएको पनि उनले हाँले जानकारी दिए । एक हप्ते लकडाउन आइतबार सकिँदै थियो । दक्षिण एसियाली मुलुक फिलिपिन्समा शनिबार मात्रै १२ हजार ५७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । यसअघि गत शुक्रबार एकैदिनमा १५ हजार ३१० जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या दैनिक सङ्क्रमितहरुको संख्यामा दोस्रो धेरै भएको जनाइएको छ । फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ८४ हजार ४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४२३ जनाको मृत्यु भएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार