बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

बुधबार, असार १५, २०७९

 

बैतडी । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।  एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए  ।  पीडित महिलाको स्वास्थ्यपरीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् । रासस  

 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार