महोत्तरीमा लालपुर्जा वितरण अन्तिम चरणमा पुगेकाे छ : अध्यक्ष गोले

बुधबार, असार १५, २०७९

महोत्तरी  । भूमि आयोगका अध्यक्ष ज्ञानबहादुर गोलेले महाेत्तरीमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाभित्र रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गोलेको भनाइ छ  ।

प्राविधिकहरूले फिल्डमै पुगेर लागत संकलन तथा नाप, नक्सा अन्तिम चरणमा प्रविष्ट गरेसँगै लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको अध्यक्ष गोलेले जानकारी दिए । 'लालपुर्जाको नक्साङ्कन समेत तयारी भैइसकेको छ । अब वितरणको तयारी गर्नुपर्छ,´ गोलेले भने । विशेषगरी बर्दिबास नगरपालिकाभित्र अव्यवस्थित, भुमिहीन तथा सुकुम्बासीहरूको ठुलो समस्यामा छन् ।  

नगरभित्र रहेका सबैकाे नक्सा समेत तयारी भैइसकेको हुनाले अहिले फिल्डमा पुगेर प्रावधिकहरूले प्रमाणीकरण अगाडि बढाएका छन् । अध्यक्ष गोलेका अनुसार नगरको  १४ वटा वडामध्ये आधा वडामा प्रमाणीकरण प्रक्रिया सम्पन्न भैइसकेको छ ।बर्दिबास नगरपालिकामा मात्र १०औँ हजार परिवार एलानी जग्गामा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार