रौतहट, कैलाली र कञ्चनपुरमा भारी वर्षा, तटीय क्षेत्रका नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’

बुधबार, असार १५, २०७९

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ ।

पछिल्ला केही घण्टा यता रौतहट, कैलाली र कञ्चनपुरमा ठूलो वर्षा भएपछि बाढी पूर्वानुमान महाशाखाले मोबाइल सेवा प्रदायक कम्पनीमार्फत् त्यहाँका स्थानीयको मोबाइलमा ‘अलर्ट’ एसएमएस पठाएको छ । महाशाखाका अनुसार रौतहटको गौर र आसपासका क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएको छ । सो क्षेत्रमा रहेका नदीमा बाढीको जोखिम रहेको छ । 

त्यस्तै, कैलाली र  कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएपछि मंगलबार राति एसएमएस पठाइएको छ ।  कान्द्रा, मोहना, खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने चेतावनी दिइएको छ । कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार