जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष आभा शाह सहित १५ सदस्यीय महिला अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जर्मन

मंगलबार, असार १४, २०७९

काठमाडौं ।   नेपालको तर्फबाट १५ सदस्यीय  प्रतिनिधि मण्डलको नेतृत्व  गर्दै  जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष  आभा शाह चार दिने अन्तर्राष्ट्रिय सम्मेलनमा   भाग लिन जर्मनीको ह्यामबर्गमा पुगेकी छिन्  ।सम्मेलनमा   २७८५  राष्ट्रिय जोन्टा  सदस्यहरुको सहभागीता रहने छन्  ।  जोन्टा एक  गैर नाफा मुलक संस्था हो । यो संस्थाको सञ्जाल विश्वका ६४ वटा मुलुकमा फैलिएको छ । नेपालमा विगत ९ वर्ष देखि स्वाथ्य , शिक्षा ,मानवाधिकार  ,समानता र आर्थिक सशत्तिकरण , बालविवाह र मानव बेचबिखन  रोकथाम, लैङिगक हिंसा रोकथाम लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ । जोन्टा अन्तर्राष्ट्रिय संस्थाको भिजन महिलाहरूलाई सेवा र वकालतमार्फत् विश्वव्यापी रुपमा सशक्तिकरण बनाउनु  हो । 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार