लमजुङमा आगालागी हुँदा निसास्सीएर ६ वटा पशु चौपाया मरे

सोमबार, असार १३, २०७९

लमजुङ  ।लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाय निकासिएर मरेका छन् । सोमबार बिहान बेँसीशहर नगरपालिका वाड  ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा अचानक आगोलागी हुँदा  १२ वटा चौपाय मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । 

उनका अनुसार  गोठको भित्रपट्टि खोरमा रहेका ६ वटा बाख्रा, २ वटा बोका, ३ वटा खसी र १ वटा माउँ बाख्रा आगोलागी हुँदा निसास्सिएर मरेका हुन । त्यस्तै, एउटा  भैँसी घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए ।    आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार