विज्ञान तथा प्रविधि सम्मेलनले मुलुकमा रचनात्मक भूमिका खेल्ने प्रधानमन्त्रीको विश्वास  

नाष्टमा विज्ञान तथा प्रविधि सम्मेलन 
आइतबार, असार १२, २०७९

ललितपुर । तीन दिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन’ आजदेखि राजधानीमा सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को आयोजना भएको राष्ट्रिय सम्मेलनमा विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक,  विज्ञान प्रविधि विधाका विद्यार्थी, सरकारी तथा गैर सरकारी पदाधिकारीसहित ३५० जनाको सहभागिता रहेको छ । 
तीनदिन सम्म चल्ने सो सम्मेलनमा ‘साइन्स सिटी निर्माण’ लगायत ‘साइन्स फर सोसाइटी’ तर्फको विषयमा व्यापक छलफल गरिने छ । कार्यक्रममा मुलुकका तीन सय ५० वढी विज्ञका साथै वैज्ञानिकको पनि उपस्थिती रहेको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवम् नाष्टका कुलपति शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताए । 
सम्मेलन’ मा उनले समाज परिवर्तनका लागि विज्ञान तथा प्रविधिको महत्वपूर्ण भूमिका रहेको जिकीर गरे । 
उनले भने, “यस्ता कार्यक्रमले मुलुकका मात्रै नभएर विदेशमा समेत रहेका विज्ञसँग सहकार्यका साथै सुझाव लिन पनि सहयोग पुग्नेछ ।” सम्मेलनमार्फत समाजका लागि परिणाममुखि योजना बनाउन समेत योगदान पुग्ने उनको बुझाइ थियो ।
सो सम्मेलनले वैज्ञानिक केन्द्रीत कार्यक्रम लगायत शिक्षा तथा स्वास्थ्य आदि अत्यावश्यक विषयमा समेत जोड पुग्ने देउवाले सुनाए ।
समाजका लागि विज्ञान, सम्वृद्धिका लागि नव प्रवर्तन भन्ने नाराका साथ उक्त सम्मेलनमा विज्ञान प्रविधिसँग सम्बन्धित विविध कार्यपत्र प्रस्तुति गरिने छ । 
नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले सो सम्मेलन प्रत्येक चार–चारवर्षमा आयोजना गरिदै आएको जानकारी गराउँदै विज्ञानमा आधारित नीति निर्माणमा योग्दान पुग्ने बताए ।
उनले भने, “विज्ञान र प्रविधिको उचित विकास विना मुलुकले फड्को मार्न नसक्ने भएकाले यस क्षेत्रमा विभिन्न काम गरिनैरहेका छौं ।” नाष्टले विज्ञानका साथै वैज्ञानिकको हितमा ‘गैर आवासिय विज्ञान पुरस्कार’ स्थापना गर्नाका साथै ‘युवा तथा महिला वैज्ञानिक’ का हितमा फोरम समेत स्थापना गरी कार्य गरिरहेको श्रेष्ठले जानकारी गराए। 
नाष्टका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले तीनदिन सम्म चल्ने सो सम्मेलनमा ‘साइन्स सिटी निर्माण’ लगायत ‘साइन्स फर सोसाइटी’ तर्फको विषयमा व्यापक छलफल गरिने बताइन् । 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार