समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायी सम्मानित

आइतबार, असार १२, २०७९

भोजपुर । पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमा काम सम्पन्न गरेको भन्दै राउत कन्ट्रक्सनका सञ्चालक कुलबहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो ।   पौवादुङमा गाउँपालिकाको मुख्य सडकका रुपमा रहेको तिवारी भञ्ज्याङ–च्याङ्ग्रे–मानेडाँडा अँधेरीघाट ३५ किलोमिटर सडकमध्ये १३ किमी स्तरोन्नतिको काम तोकिएका समयमा सम्पन्न गरेकाले राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए  । उनले भने  “हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ । यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्न थप ऊर्जा मिल्नेछ ।” 

    सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इञ्जिनीयरले नियमित अनुगमन तथा आवश्यक सहयोग पु¥याइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराइले बताए  । पालिकाको सम्मानले आफूलाई काम गर्ने थप ऊर्जा मिलेको राउत कन्ट्रक्सनका सञ्चालक राउतले बताए  । स्थानीयवासी, गाउँपालिकाका कर्मचारी लगायतको सहयोगमा समयमै काम सम्पन्न गर्न सफल भएको उहाको भनाइ छ ।  रासस 
 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार