बागमती गाउँपालिकाले ल्यायो ६२ करोड ५५ लाख बजेट 

स्वास्थ्य विमामा ५० प्रतिशत अनुदान, इसिडि शिक्षकको तलब मासिक १५ हजार 
शनिबार, असार ११, २०७९

ललितपुर । दक्षिण ललितपुरको बागमती गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधारलाई जोड दिँदै ६२ करोड ५५ लाख ६९ हजारको वार्षिक बजेट सार्वजनिक गरेको छ । दोस्रो गाउँसभाको प्रहिलो अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लाली मगरले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९-०८० को अनुमानित आय–व्यय प्रक्षेपणमा उक्त परिमाणको बजेट सार्वजनिक भएको हो । 
आर्थिक वर्ष ०७९-०८० को अनुमानित आय–व्यय प्रक्षेपणमा गाउँपालिका उपाध्यक्ष भक्तबहादुरले शसर्त अनुदान तथा विशेष अनुदा, राजश्यलगायतका शीर्षकलाई आधार मानेका छन् । 
आव ०७९-०८० को अनुमानित आय–व्यय प्रक्षेपण सार्वजनिक  गर्नुअघिको दोस्रो गाउँसभा उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष विरबहादुर लोप्चनले गाउँपालिकाले ‘कृषि, पर्यटन र पूर्वाधार : समृद्ध र सुखी बागमती गाउँपालिकाको मूल आधार’ दीर्घकालिन नीति लिएको जानकारी गराउँदै वडा नं. ४ को प्युटारको कोल्ड स्टोर सञ्चालन गर्न र वडा नं. ३ तीनपानेमा कृषि संकलन केन्द्र निर्माणका लागि पहल गरिने उल्लेख गरे । 
प्युटारमा सञ्चालित कृषि हाट बजारलाई व्यवस्थित गरिने तथा जनता पशुधन सुरक्षण कार्यक्रम अन्तर्गत पशु पंक्षीको बीमा प्रिमियममा ५० प्रतिशत अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै एक गाउँ एक उत्पादन कार्यक्रमलाई बढवा गरिदैँ लगिने बताएका छन् । 

office1656147192.jpg
गाउँपालिकाले सामुदायिक विद्यालयमा खुला सार्वजनिक सुनुवाई गरी कमी कमजोरी भएमा सुधार गरी शिक्षा क्षेत्रमा विकास र विस्तार गर्दै सामुदायिक विद्यालयका शिक्षकलाई पेशाप्रति जिम्मेवार बनाउने नीति लिएको छ । 
माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्श कार्यक्रम सञ्चालन गरी किशोर किशोरीलाई प्रजनन् स्वास्थ्य तथा कोभिड १९ लगायत सरुवा रोगको नियन्त्रण, रोकथाम गर्न सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने यसै वर्ष स्थानीय पाठ्यक्रम लागू गर्ने नीति पनि गाउँपालिकाले लिएको छ । 
तामाङ जातिको बाहुल्यता भएकोले तामाङ भाषाको पाठ्यपुस्तक मातृभाषाको रुपमा यो वर्षदेखि नैआधारभूत विद्यालयमा पठनपाठन कार्य शुरु गर्ने अध्यक्ष लोप्चनले गाउँसभामा जानकारी गराए । 

bagmati-gausava1656147701.jpg
गाउँपालिकाको आन्तरिक स्रोत, प्रदेश सरकार तथा संघीय सरकारबाट प्राप्त हुने स्रोतबाट भुक्तानी हुने गरी सबै बालविकास सहजकर्ता र विद्यालय सहायक कर्मचारीलाई मासिक १५००० रुपैयाँ र आधारभूत विद्यालय कक्षा ५ सम्मका विद्यालय सहयोगीका लागि मासिक १०००० हजार, आधारभूत विद्यालय कक्षा ८ सम्मका विद्यालय सहयोगीका लागि मासिक ११००० हजार र माध्यमिक विद्यालयका विद्यालय सहयोगीका लागि मासिक रु १३००० रुपैयाँ उपलब्ध गराउने नीति तथा कार्यक्रममार्फत उनले सार्वजनिक गरेका छन् ।
स्वास्थ्य नीतिमा अध्यक्ष लोप्चनले स्वास्थ बिमा कार्यक्रममा ५० प्रतिशत अनुदान दिने घोषणा गरेका छन् । उनले स्वास्थ्य संस्था एवम् बर्थिङ सेन्टरमा बच्चा जन्माएमा सुत्केरीलाई गाउँपालिकाबाट २००० हजार रुपैयाँ नगद प्रदान गरिने पनि घोषणा गरेका छन् । 
स्वास्थ्य संस्था एवम् बर्थिङ सेन्टरसम्म पु¥याउँन गाउँपालिकाको नाममा भएको एम्बुलेन्स निःशुल्क रुपमा उपलब्ध गराइने एक गाउँपालिका एक अस्पतालको अवधारणा अनुसार स्वास्थ्य मन्त्रालयबाट १० शैयाको अस्पतालको आयोजना परेकोले उक्त अस्पताल यस गाउँपालिकाको वडा नं ४ स्थित थाङसिङटारमा निर्माण कार्यको लागि आवश्यक थप जग्गाको व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाइनेछ तथा  वडा नं २, ५ र ६ मा स्वास्थ्य चौकी भवन निर्माधिन अवस्थामा रहेका हुँदा उक्त स्वास्थ्य चौकीहरुलाई थप व्यवस्थित बनाउँदै लगिने उल्लेख गरेका छन् ।
‘मौलिक संस्कृति हाम्रो पहिचान : संरक्षण र सम्बद्र्धन गरे बढ्छ हाम्रो शान’ भन्ने मुल नारा लिएर गाउँपालिकाले परम्परागत चाडपर्व एवं स्थानीय मौलिकता सहितको धर्म तथा संस्कृतिको संरक्षण गरिने, गाउँपालिकाभित्रका विभिन्न जात–जातिहरुको भाषा, धर्म, इतिहास, संस्कार र संस्कृतिको संरक्षण एवं सम्बद्र्धन र प्रवद्र्धन गरिने उल्लेख गरेका छन् । 

Bir1656146831.jpg
गाउँपालिकाले ६० वर्षमाथिका एकल पुरुषहरु र ५० वर्षमाथिका अविवाहित महिला (एकल महिला) लाई मासिक १ हजार ५ सयका दरले सामाजिक सुरक्षा भत्तालाई यस वर्ष पनि निरन्तरता दिएको छ । 
गउँपालिकामा बसाइँसराई आएका ७ परिवारलाई ५००० हजार रुपैयाँका दरले सम्मान गरिएको जनाउँदै उनले यो कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताए । 
पर्यटनतर्फ सातकन्य÷तीनपाने राडार क्षेत्र पर्यटन विकासका लागि गुरु योजना अनुरुप व्यवस्थित र वैज्ञानिक रुपले पर्यटन क्षेत्रको विकास गरिँदै लगिने नीति अबलम्बन गरिएको छ । यो क्षेत्रमा पिकनिक स्पोर्ट, पार्क तथा पदमार्ग, मठ मन्दिर, बुद्ध विहार÷मानेर भ्यू प्वाइन्ट, अतिथि आवास गृह तथा सेमिनार हल भवनको आदिको निर्माण कार्य गर्दै सौन्दर्यकरणको थप आयोजना सञ्चालन गरिन उनले जानकारी दिए ।  पर्यटकलाई पाहुनाको रुपमा स्वागत र सम्मानसाथ सत्कार गरिने आवास र गाँसको लागि गाउँपालिकाको वडा नं ७ स्थित मगर गाउँ होमस्टे र माझखण्डस्थित होमस्टेलाई थप व्यवस्थित गरिने नीति तथा कार्यक्रले समेटेको छ । अन्य ठाउँमा पनि होम स्टे सञ्चालनका सम्भावनाका ठाउँहरुको अध्ययन गरि होम स्टेको प्रवद्र्धन गरिदै लगिनेछ ।

Rishi1656147586.jpg
यसअघि गाउँसभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फँुयलले समन्वय समितिले गाउँपालिकाले बजेट विनियोजन गरेका आयोजनाको जुन सुकै बेला पनि अनुगमन गर्ने जनाउँदै पारदर्शी ढङ्गबाट काम गर्न निर्देशन दिए ।  प्रमुख फुँयालले आयोजनाका लागि बजेट विनियोजना भन्दा पनि कार्यान्वयन पक्ष महत्वपूर्ण हुने स्मरण गराए । गाउँसभा उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका उपप्रमुख रामलाल थिङ, वडा नं १ का वडाअध्यक्ष ज्ञानवहादुर लो, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष रञ्जना घिमिरे, प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार