Dashain Banner
Dashain Banner

बाजुरामा समस्यासँगै सम्भावनाहरू पनि छन् : नगर प्रमुख बोहरा

शनिबार, कात्तिक ८, २०८२

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बाजुरामा समस्यासँगै अथाह सम्भावना पनि रहेको बताएका छन् । शुक्रबार प्रथम छेडेदह क्रिकेट कप प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘बाजुरा हरेक समस्या संगै गुर्जिरहेको छ । ति समस्या साथ अनेकौं सम्भावनाहरु पनि छन् । अब हरेक  सम्भावनाहरुको उजागर गर्न जरुरी छ ।’ मेयर बोहराले भने, ‘विभिन्न प्रतियोगिताका माध्यमद्वारा अनेकौं सम्भावनाहरुको उजागर गर्नेछौं ।’ बाजुरा खेलकुद क्षेत्रमा अझै अब्बल रहेको बताउँदै नगर प्रमुख बोहराले बाजुरालाई खेल क्षेत्रकै माध्यमबाट विश्वसामु चिनाउन आफू कुनै कदम पछि नहट्ने बताएका हुन् ।  उनले भने, ‘बाजुरामा खेल क्षेत्रमा भविष्य बोकेका थुप्रै खेलाडीहरु छन् । ती खेलाडीहरुको सपना जसरी पनि साकार पार्नेछौ ।’ खेल क्षेत्र समाज विकासको एक महत्वपूर्ण आधार भएकोले खेल क्षेत्रलाई उच्च प्राथामिकतामा राख्नु पर्ने कुरामा उनले जोड दिए । खेल क्षेत्रको विकासमा सम्बन्धित स्थानीय सरकारले आधार निमार्ण गर्न जिम्मेवार बन्नुपर्ने बताउँदै उनले आफूले आफ्नो बुढिनन्दाको खेल क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समेत बताए । साथै, उनले सिङ्गो जिल्लाको खेल क्षेत्रको विकासको लागि सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकाय, स्थानीय सबैले ध्यान दिन जरूरी रहेको बताए । 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार