परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो : अध्यक्ष दाहाल

शुक्रबार, चैत २०, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन् । पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरंकुश भएको टिप्पणी गर्दै उनले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने उल्लेख गरे । प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभामा उनले भने, “नेपाली जनताको सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउन खोजिँदैछ ।” 
उनले लोकतन्त्रका मूल्य मान्यता र आन्दोलनका उपलब्धि, शहीदले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई नकारात्मक दिशातिर लैजाने प्रयास भएको बताए ।  अध्यक्ष दाहालले गत पुस ५ गते संसद् विघटन गरेर त्यसको संकेत दिएको भन्दै आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरिनसकेको स्पष्ट पारे ।  उनले नियम, मूल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्बनाको सामना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको बताए । प्रतिगमनका विरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने उनको भनाइ थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  २१:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार