१७१ ज्येष्ठ नागरिकलाई चस्मा

बिहीबार, असार ९, २०७९

खोटाङ ।   खोटाङका १७१ ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको छ । ज्येष्ठ नागरिकका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक संघको समन्वयमा नेपाल नेत्र ज्योती संघले बिहीबार दिक्तेलमा आयोजना गरेको निःशुल्क आँखा जाँच तथा चस्मा वितरण कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई आवश्यकताको आधारमा चस्मा प्रदान गरिएको हो ।

चस्माको सहयोगमा देख्न पाउँदा ज्येष्ठ नागरिक हर्षित हुँदै घर फर्किएका छन् ।  संघले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै आँखा उपचार केन्द्र दिक्तेलमा निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममार्फत १७४ ज्येष्ठ नागरिकले आँखा जाँच गराएका छन् । निःशुल्क आँखा जाँच तथा चस्मा वितरण कार्यक्रममार्फत मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने ४५ बिरामीको पहिचान गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए ।मोतियाबिन्दुको अप्रेसनका लागि पहिचान गरिएका ज्येष्ठ नागरिकलाई पुःन बोलाएर आँखाको शल्यक्रिया गरिने नेत्र ज्योति संघले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार