सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । हवाई क्षेत्रका दीर्घकालीन समस्या समाधानको माग गर्दै वायु सेवा सञ्चालक संघ नेपालले आन्दोलन घोषणा गरेको छ । संघले तत्काल माघ सम्बोधन नभए बुधबारदेखि नियमित उडान रोक्ने चेतावनी दिएको छ । पाँच बुँदे माग अघि सार्दै सम्बोधन नभएसम्म उडान रोक्ने संघले आज पत्रकार सम्मेलन गर्दै घोषणा गरेको हो । यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिन संघले आग्रह गरेको छ । संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरेको छ । नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउन सरकारले तत्काल पहल गर्नुपर्नेलगायत संघले माग गरेको छ ।